मेस्सीले विश्वकप छनोटका दुई खेल गुमाउने

हिमाल प्रेस ४ भदौ २०८१ १३:०३ | Tuesday, August 20, 2024
मेस्सीले विश्वकप छनोटका दुई खेल गुमाउने

काठमाडौँ- अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा विश्वकप दक्षिण अमेरिकी छनोटका दुई खेल गुमाउने भएका छन्। चोटका कारण ३७ वर्षीय मेस्सी चिली र कोलम्बियाविरुद्धको खेलमा देखिने छैनन्।

अर्जेन्टिनाले सेप्टेम्बर ५ मा चिली र त्यसको पाँच दिनपछि कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ। गत महिना सम्पन्न कोपा अमेरिकाको फाइनलमा मेस्सीको खुट्टामा चोट लागेको थियो।

मेजर लिग सकर (एमएलएस) को टोली इन्टर मियामीमा आबद्ध मेस्सीले त्यहीँ उपचार गराइरहेका छन्।

प्रकाशित: ४ भदौ २०८१ १३:०३ | Tuesday, August 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast