 फाइल तस्बिर
                             फाइल तस्बिर 
                                            काठमाडौँ- सिन्धुपाल्चोक जिल्लाकाे मेलम्ची नदीमा बाढी आएको छ। जल तथा मौसम विज्ञान विभागले नाकोटेको जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको जनाएकाे हो।
जलसतह बढ्दो क्रममा रहेकाले नदीको तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम रहेको विभागकाे भनाइ छ।
कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले बिहान ७ बजेसम्म उच्च सतर्कता अपनाउन विभागको आग्रह छ।
२०६८ साल असार र साउनमा मेलम्ची नदीमा आएकाे बाढीले ठूलाे क्षति गरेकाे थियाे।
                            प्रकाशित: १८ साउन  २०८१ ६:२० 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 