मुस्ताङमा हिमपहिरोले थुनिएको बोक्सी खोला बग्न थाल्यो

हिमाल प्रेस ७ भदौ २०८१ १७:३० | Friday, August 23, 2024
मुस्ताङमा हिमपहिरोले थुनिएको बोक्सी खोला बग्न थाल्यो

काठमाडौँ– मुस्ताङको थसाङ गाउँपालिका-२ मा हिमपहिरोले थुनिएको बोक्सी खोला बग्न थालेको छ। सशस्त्र प्रहरीका केन्द्रीय सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार केहीबेरअघि देखि थुनिएको खोला बग्न थालेको हो।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले पनि खोला बग्न थालेको र बगेपछि जोखिम कम हुँदै गएको बताएका छन्।

‘खोला अहिले बग्न थालेको छ। हिउँका डल्लैसहित पानी बग्न थालेको छ,’ उनले भने, ‘हिउँसहित बगे पनि पानीले गेग्रान पनि बगाएको छ। ठप्पै भएर थुनिएको खोला बग्न थालेपछि जोखिम केही कम भएको अनुमान गरेका छौँ।’

धौलागिरी र टुकुचे हिमालको बीचबाट हिमपहिरो खस्दा बोक्सी खोला थुनिएको थियो। सोहीकारणले स्थानीय ९ घर उच्च जोखिममा छन्। प्रजिअ पन्तका अनुसार ९ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। उनले स्थानीयको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली तयारी अवस्थामा राखिएको पनि बताए।

मुस्ताङमा हिमपहिरो, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

प्रकाशित: ७ भदौ २०८१ १७:३० | Friday, August 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast