मिर्गौलापीडितलाई साढे तीन लाख सहयोग

हिमाल प्रेस २७ साउन २०८१ ९:४८ | Sunday, August 11, 2024
मिर्गौलापीडितलाई साढे तीन लाख सहयोग सांकेतिक तस्बिर

म्याग्दी- ऋषिङ गाउँपालिका निवासी मिर्गौलापीडित पूर्णलाल नेपालीलाई तीन लाख ६६ हजार पाँच सय ७८ हस्तान्तरण गरिएको छ।

ऋषिङ गाउँपालिकाका प्रवक्ता विजय दरैको अगुवाइमा संकलन भएको उक्त रकम शनिबार निजलाई हस्तान्तरण गरिएको हो। आर्थिक अवस्था नाजुक भएका नेपालीलाई सघाउन प्रवक्ता दरैले पूर्णलाल नेपाली बचाउ अभियान सञ्चालन गरेका थिए। त्यसक्रममा एक सय तीन जना व्यक्तिले सहयोग गरेका थिए।

‘निजको अवस्थाबारे जानकारी पाएपछि मैले सात हजार पाँच सय प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै सामाजिक सञ्जालबाट सहयोगका अभियान सुरु गरेको थिएँ । यो त्यसैको परिणाम हो’, अभियान जारी रहने जानकारी दिँदै उनले भने। चिकित्सकहरूले नेपालीलाई दुवै मिर्गौला प्रत्यारोपण गर्नुपर्ने सुझाव दिएका छन्।

यसैबीच, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले पीडितका लागि गाउँपालिकातर्फ पनि सक्दो सहयोग गर्ने बताएका छन्।

प्रकाशित: २७ साउन २०८१ ९:४८ | Sunday, August 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast