ईसीडी शिक्षक । फाइल तस्बिर ।
काठमाडौँ– शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी, भक्तपुरले कार्यक्रम कार्यान्वयन कार्यविधि (आर्थिक वर्ष २०८१/८२) जारी गरेको छ। जसमा सामुदायिक विद्यालयका प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) र विद्यालय कर्मचारीको क्रियाकलाप र कार्यान्वयन प्रक्रियाबारे उल्लेख छ।
यही साउन ११ गते शिक्षामन्त्री विद्या भट्टराईबाट स्विकृत भएको कार्यविधिमा ईसीडी शिक्षक र कर्मचारीको पारिश्रमिकबारे पनि उल्लेख छ। उनीहरूलाई गाउँपालिका तथा नगरपालिकाले चाडबाड खर्चका लागि अनुदान उपलब्ध गराउनुपर्ने कार्यविधिमा भनिएकाे छ।
अनुदान उपलब्धका लागि शिक्षा विकास तथा समन्वय एकाइले सहजीकरण तथा समन्वय गर्ने बताइएकाे छ।
कार्यविधिमा ईसीडी शिक्षक र विद्यालय कर्मचारी
प्रकाशित: २२ साउन २०८१ ११:३४
प्रतिक्रिया



