महासमिति बैठकका प्रस्ताव सर्वसम्मत पारित गर्ने कांग्रेस पदाधिकारी बैठकमा सहमति

हिमाल प्रेस १५ भदौ २०८१ १८:४९ | Saturday, August 31, 2024
महासमिति बैठकका प्रस्ताव सर्वसम्मत पारित गर्ने कांग्रेस पदाधिकारी बैठकमा सहमति नेपाली कांग्रेसको बैठकमा सभापति शेरबहादुर देउवासहित अन्य पदाधिकारीहरू। फाइल तस्बिर।

काठमाडौँ– नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा महासमितिमा प्रस्तुत प्रस्ताव सर्वसम्मत पारित गर्ने सहमति भएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शनिबार बसेको बैठकमा महासमितिमा प्रस्तुत भएका सबै प्रस्तावलाई आइतबार बस्ने केन्द्रीय समिति बैठकमा प्रस्तुत गरी सर्वसम्मत रुपमा पारित गर्ने सहमति भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कांग्रेस केन्द्रीय समितिको बैठक आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय बिपीनगर, सानेपामा बस्ने पनि उनले बताए। बैठकले सबै प्रस्ताव सर्वसम्मत रूपमा पारित गर्ने जनाइएको छ। प्रस्तावमा मस्यौदा गर्ने काम भने जारी रहेको छ।

केन्द्रीय समितिमा प्रस्तुत गरिने मस्यौदालाई अन्तिम रूप दिन भोलि दिउँसो १ बजे फेरि पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बस्ने भएको छ। गत माघमा ललितपुरमा सम्पन्न महासमिति बैठकमा प्रस्तुत भएका प्रस्तावलाई परिमार्जनसहित पारित गर्ने जिम्मेवारी पार्टी केन्द्रीय समितिलाई दिइएको थियो।

प्रकाशित: १५ भदौ २०८१ १८:४९ | Saturday, August 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast