महाधिवेशनको तयारीमा जुट्यो लोसपा

हिमाल प्रेस १२ भदौ २०८१ १७:१८ | Wednesday, August 28, 2024
महाधिवेशनको तयारीमा जुट्यो लोसपा लाेसपा अध्यक्ष महन्थ ठाकुर। फाइल तस्बिर

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आगामी वैशाखमा महाधिवेशन गर्ने तयारी गरेको छ। लामो समय महाधिवेशन गर्न नसकेको लोसपाले आउँदो वैशाखमा महाधिवेशन गरेर नयाँ समिति बनाउने तयारी गरेको हो।

वैशाखमा महाधिवेशन गर्ने गरी तयारी अगाडि बढाइएको लोसपाले जनाएको छ। यसका लागि विभिन्न समिति बनिसकेका छन्। नयाँ सदस्यता लिने र नवीकरण गर्ने प्रक्रिया पनि अघि बढेको लोसपाका महासचिव मनीष मिश्रले जानकारी दिए।

यसैका लागि चाँडै पदाधिकारी बैठक बाेलाउने तयारी लाेसपाले गरेकाे छ। ‘सचिवालयबाट नयाँ समिति बन्ने र महाधिवेशनलाई अघि बढाउने काम हुनेछ,’ मिश्रले भने। पदाधिकारी बैठकबाट महाधिवेशन मिति तोकिने सम्भावना छ।

पटक–पटक एकता र विभाजन भोगेको यो पार्टीमा ठूलो केन्द्रीय कार्यसमिति बनेको छ। यसैले पनि महाधिवेशनपछि समिति छोटिने सम्भावना रहेको छ। केही समयअघि मात्रै राजेन्द्र महतोले लोसपा छाडेका थिए। नेतृत्व नपाउने निश्चित भएसँगै लोसपा छाडेका उनी अहिले राष्ट्रिय मुक्ति क्रान्तिको अभियानमा छन्। अहिले लोसपामा महन्थ ठाकुर अध्यक्ष छन्।

प्रकाशित: १२ भदौ २०८१ १७:१८ | Wednesday, August 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast