मर्स्याङ्दी बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या २७ पुग्यो

हिमाल प्रेस ७ भदौ २०८१ १८:४६ | Friday, August 23, 2024
मर्स्याङ्दी बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या २७ पुग्यो

काठमाडौँ- मर्स्याङ्दी नदीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ। भारतीय पर्यटक बोकेको बस आज (शुक्रबार) बिहान तनहुँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको हो।

घटनास्थलमा २६ जनाको मृत्यु भएको थियो भने एक जनाको भरतपुर अस्पतालमा मृत्यु भएको सशस्त्र प्रहरीका केन्द्रीय सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

घाइते १६ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याई त्रिवि शिक्षण अस्पताल ल्याइएको छ।

पोखराबाट काठमाडौँ आउँदै गरेको यूपी ५३ एसटी ७६२३ नम्बरको बस दुर्घटनामा परेको हो। प्रहरीका अनुसार सो बसमा चालक र सहचालकसहित ४३ यात्रु सवार थिए ।

प्रकाशित: ७ भदौ २०८१ १८:४६ | Friday, August 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast