भदौ ७ देखि शिल्पीमा ‘सोरठी’ मञ्चन

हिमाल प्रेस ३१ साउन २०८१ ११:४७ | Thursday, August 15, 2024
भदौ ७ देखि शिल्पीमा ‘सोरठी’ मञ्चन

काठमाडौँ- बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा भदौ ७ देखि मगर समुदायको कथामा आधारित नाटक ‘सोरठी’ मञ्चन हुने भएको छ।

प्रकाशोन्मुख उपन्यास ‘सोरठी’ मा आधारित नाटक मञ्चन हुन लागेको हो। उपन्यासका लेखक सञ्जय काउछा मगर हुन्। उपन्यासको नाट्य रुपान्तरण पनि सञ्जयले नै गरेका छन्।

नाट्यकर्मी संगीता थापामगरले नाटकको परिकल्पना र निर्देशन गरेकी छन्। यो उनको डेब्यु निर्देशन हो। करिब ६ वर्षको नाट्यअनुभवलाई संगीताले निर्देशनमार्फत आफ्नो कला प्रस्तुत गर्न लागेकी हुन्। नाटकमात्र नभएर फिल्म र केही विज्ञापनतिर पनि उनले अभिनय गरेकी छन्। नाटकको परिकल्पना तथा निर्देशनमा संगीतासँगै र लेखक सञ्जयले पनि सहकार्य गरेका छन्।

नाटक काउछा क्रियसनको प्रस्तुति र बिम्व आर्ट्सको सहकार्यमा निर्माण भएको हो। नाटकमा कलाकार कविता आले, रमिता राई, विशाल पुलामी मगर, रमिला मोक्तान, निश्वम मगर, हेमन्त लामिछाने, गंगा मगर, सञ्जित थुलुङ राई, प्रविण मगर, अस्मिता बुढा मगर, पुनमलक्ष्मी मगर, आरुषजंग सारु मगर, सुनिल राई, मानबहादुर राई र खुसी सुनुवारको अभिनय छ।

नाटकको निर्माता यम ल्हायो मगर र प्रमोद खड्का हुन्। भदौ ३० सम्म मञ्चन हुने नाटक साताको प्रत्येक दिन मंगलबारबाहेक साझ ५: ३० बजे र शनिबार दिउँसो १ बजेको अतिरिक्त सो हुनेछ।

प्रकाशित: ३१ साउन २०८१ ११:४७ | Thursday, August 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast