भ्रष्टाचार मुद्दामा पाँच बर्से हदम्याद हटाउन तयार भयो सरकार

हिमाल प्रेस १४ भदौ २०८१ १२:५४ | Friday, August 30, 2024
भ्रष्टाचार मुद्दामा पाँच बर्से हदम्याद हटाउन तयार भयो सरकार गृहमन्त्री रमेश लेखक

काठमाडौँ- प्रतिनिधिसभामा छलफलकै क्रममा रहेको भ्रष्टाचार निवारण ऐन संशोधन सम्बन्धी विधेयकमा हदम्याद सम्बन्धी व्यवस्था हटाउन सरकार तयार भएको छ। गृहमन्त्री रमेश लेखकले राज्यव्यवस्था तथा सुशासन समितिमा भ्रष्टाचार मुद्दामा पाँच बर्से हदम्याद हटाउने प्रतिबद्धता जनाएका हुन्। उनले भ्रष्टाचारमा जहिलेसुकै मुद्दा चलाउनसक्ने अवस्था राख्न सहमति जनाएका छन्।

‘विधेयकबाट ५ वर्षे हदम्याद हटाएर पुरानै कायम राखौँ। माननीयहरूको संशोधन छ। जहिले जुनसुकै मुद्दा चल्न सक्छ भन्ने माननीयहरूको संशोधन छ। म्याद हटाउन सरकार तयार छ।’ यसअघि सत्तापक्षका सांसदहरूले भ्रष्टाचार मुद्दामा पाँच बर्से हदम्याद राख्न दबाब सिर्जना गरेका थिए। प्रतिपक्षीले भने भ्रष्टाचारका मुद्दामा हदम्याद राख्नै नहुने बताउँदै आएका थिए।

प्रकाशित: १४ भदौ २०८१ १२:५४ | Friday, August 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast