भैँसीको आक्रमणबाट मारियो बाघ!

हिमाल प्रेस ६ भदौ २०८१ ९:५० | Thursday, August 22, 2024
भैँसीको आक्रमणबाट मारियो बाघ!

चितवन- मकवानपुरको मनहरीस्थित एकजना किसानको गोठमा पालेको भैँसीले बाघ मारेको छ। मनहरी गाउँपालिका–६ प्रतापपुरका बलबहादुर राईको गोठमा रहेको भैँसीले चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको बाघलाई मारेको हो।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान भैँसीको प्रतिकारमा बाघ मरेको हो। बाघको आक्रमणबाट भैँसी घाइते भएको छ। यस्तो घटना निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पहिलो हो। ‘मरेको बाघ बुढो र दुब्लो देखिन्छ। निकुञ्जभित्र सिकार गर्न नसकेर आहाराको खोजीमा बाहिर निस्केको हुनसक्छ’, उनले भने। शव परीक्षणका राष्ट्रिय निकुञ्ज ल्याइएको सूचना अधिकारी तिवारीले जानकारी दिए।

प्रकाशित: ६ भदौ २०८१ ९:५० | Thursday, August 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast