भीरबाट लडेर‍ बालिकाको मृत्यु

हिमाल प्रेस ३१ साउन २०८१ ७:३१ | Thursday, August 15, 2024
भीरबाट लडेर‍ बालिकाको मृत्यु प्रतीकात्मक तस्बिर।

जाजरकोट- जाजरकोटमा भीरबाट लडेर एक बालिकाको मृत्यु भएको छ । छेडागाड नगरपालिका–१ जाल्माका डिल बहादुर नेपालीकी छोरी १४ बर्षीया मनीषा बिकको भीर बाट लडेर मृत्यु भएको हो ।

स्थानीय शिक्षक जय बहादुर नेपालीले हिजो घर नजिकैको जंगलमा घाँस काट्न गएको बेला भीर बाट लडेर ज्यान गएको जानकारी दिए।

उता जुनिनिचाँदे गाउँपालिका ११ स्थित खानाखोला भन्ने ठाउँमा खोला तर्दै गर्दा,चिप्लिएर खोलामा ३ दिन अघि बेपत्ता भएको जुन चाँदे गाउँपालिका १० का २१ वर्षका तेज बहादुर रोकाया को खोजी कार्य जारी रहेता पनि हाल सम्म शव प्राप्त गर्न नसकिएको स्थानीय शिक्षक तीर्थ रोकायाले जानकारी दिएका छन्।

प्रकाशित: ३१ साउन २०८१ ७:३१ | Thursday, August 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast