भारतीय विदेश सचिवले भेट्नेछन् राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री र गृहमन्त्री

हिमाल प्रेस २७ साउन २०८१ १२:३० | Sunday, August 11, 2024
भारतीय विदेश सचिवले भेट्नेछन् राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री र गृहमन्त्री भारतीय विदेश सचिव विक्रम मिस्रीलाई नेपालमा स्वागत गर्दै परराष्ट्र सचिव सेवा लम्साल। फाइल तस्बिर

काठमाडौँ– भारतीय विदेश सचिव विक्रम मिस्री आज आइतबार नेपाल आइपुगेका छन्। परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालको निमन्त्रणामा उनी नेपाल आएका हुन्। उनी दुई दिन नेपालमा रहनेछन्।

भ्रमणका अवसरमा नेपाल-भारत सम्बन्ध र दुई देशबीचका पारस्परिक हितका विषय, सहयोगलगायतका विषयमा सचिवस्तरीय छलफल हुने बताइएको छ। दुई दिन नेपाल रहँदा उनले नेपाल सरकारका राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेल र गृहमन्त्री रमेश लेखकसँग भेट्ने कार्यतालिका छ।

उनले २ बजे राष्ट्रपति रामचन्द्र पौडेल र ३ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नेछन्। उनले आजै उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह र अर्का उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल तथा गृहमन्त्री रमेश लेखकसँग पनि शिष्टाचार भेटवार्ता गरेपछि आज बेलुकी परराष्ट्र सचिव लम्सालले मिस्रीलाई रात्रीभोज दिने छिन्।

भोलि (सोमबार) बिहान ११ बजे परराष्ट्रमन्त्री आरजु राणा देउवासँग शिष्टाचार भेटवार्ता गर्नेछन्। त्यसपछि बेलुका नै उनी भारत फर्कने छन्।

प्रकाशित: २७ साउन २०८१ १२:३० | Sunday, August 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast