भारतीय विदेश सचिवले गरे भाषा परिषदको नवनिर्मित भवनको उद्घाटन

हिमाल प्रेस २७ साउन २०८१ १४:५८ | Sunday, August 11, 2024
भारतीय विदेश सचिवले गरे भाषा परिषदको नवनिर्मित भवनको उद्घाटन नेपाल भाषाा परिषद्काे भवन उद्घाटन गर्दै विदेश सचिव मिश्री र शहरी विकास मन्त्रालयका सचिव गेलाल

काठमाडौँ- नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले भाषा परिषदको नवनिर्मित भवनको उद्घाटन गरेका छन्।

भारतको आर्थिक सहयोगमा नवनिर्मित भाषा परिषद भवनको विदेश सचिव मिश्री र सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले आइतबार संयुक्त रूपमा उद्घाटन गरेका हुन्।

भवन भारत सरकारको अनुदानमा निर्माण गरिएको हो। २०७२ सालको भूकम्पपछि भाषा परिषदको भवन क्षतिग्रस्त भएको थियो। भारत सरकारले भूकम्पपछिको पुर्ननिर्माणमा सघाउने कार्यक्रमअन्तर्गत निर्माण गरेको हो।

भारतीय विदेश सचिव मिश्री दुई दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौँ आइपुगेका हुन्। उनी परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालको निमन्त्रणमा काठमाडौँ आएका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव लम्सालले विदेश सचिव मिश्रीलाई स्वागत गरेका थिए।

दुई दिन नेपाल रहँदा मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेल, गृहमन्त्री रमेश लेखकसँग भेट्ने कार्यक्रम रहेको बताइएको छ।

प्रकाशित: २७ साउन २०८१ १४:५८ | Sunday, August 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast