भारतीय विदेशमन्त्रीसँग भेटेपछि आरजुले भनिन् : नेपाल-भारत सम्बन्धका विविध पक्षमा छलफल भयो

हिमाल प्रेस ३ भदौ २०८१ १५:१६ | Monday, August 19, 2024
भारतीय विदेशमन्त्रीसँग भेटेपछि आरजुले भनिन् : नेपाल-भारत सम्बन्धका विविध पक्षमा छलफल भयो परराष्ट्रमन्त्री आरजु राणा देउवा भारतीय समकक्षी एस जयशंकरसँग। तस्बिर स्रोत : परराष्ट्र मन्त्रालय

काठमाडौँ- परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय विदेशमन्त्री एस जयशंकरसँगको भेटले नेपाल-भारत सम्बन्ध थप बलियो बन्ने अपेक्षा आफूले गरेको बताएकी छन्।

पाँच दिने भारतको औपचारिक भ्रमणमा रहेकी राणाले सोमबार भारतीय विदेशमन्त्रीसँग भेटवार्ता गरेकी थिइन्। भेटमा द्विपक्षीय हित, नेपाल भारत सम्बन्धका विविध पक्षमा छलफल भएको बताएकी छन्।

‘भारतीय विदेशमन्त्री श्री एस जयशंकरसँग आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ,’ भेटबारे जानकारी गराउँदै उनले फेसबुकमा लेखेकी छिन्, ‘भेटमा द्विपक्षीय हित, नेपाल भारत सम्बन्धका विविध पक्षका साथै आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भयो। यस भ्रमणबाट सदियौँ पुरानो नेपाल भारत सम्बन्ध थप बलियो बन्ने अपेक्षा मैले गरेको छु।’

परराष्ट्रमन्त्री राणाले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्ने कार्यतालिका रहेको छ। द्वीपक्षीय भेटमा भारतको तर्फबाट भारतीय विदेश सचिव विक्रिम मिस्री, नेपालका लागि भारतीय राजदूत र नेपाल हेर्ने सहसचिव अनुराग श्रीवास्तव लगायत सहभागी थिए। त्यस्तै नेपालको तर्फबाट कार्यबहाक राजदूत डा. सुरेन्द्र थापा, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगानालगायतको उपस्थिति थियो।

प्रकाशित: ३ भदौ २०८१ १५:१६ | Monday, August 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast