भारतका प्रमुख अस्पतालहरूमा जारी हडताल अन्त्य

हिमाल प्रेस ६ भदौ २०८१ २१:३१ | Thursday, August 22, 2024
भारतका प्रमुख अस्पतालहरूमा जारी हडताल अन्त्य फाइल तस्बिर

नयाँ दिल्ली– सहकर्मीको बलात्कार र हत्याको विरोधमा भारतीय चिकित्सकहरूले सरकारी अस्पतालमा गरेको हडताल ११ दिनपछि बिहीबार अन्त्य गरेका छन्। तर कोलकातामा भने अझै उग्र विरोध प्रदर्शन जारी नै छ।

यही अगस्ट ९ मा भारतको पूर्वी सहर कोलकाताको सरकारी अस्पतालमा ३१ वर्षीया चिकित्सकको शव फेला परेपछि महिला विरुद्धको हिंसाको दीर्घकालीन मुद्दामा देशव्यापी आक्रोश बढेको हो। भारतका विभिन्न सहरमा सरकारद्वारा सञ्चालित अस्पतालका चिकित्सक संघहरूले अस्पतालको आकस्मिक सेवा बाहेकका सेवा बन्द गर्दै स्वास्थ्यकर्मीहरूले हडताल सुरु गरेका थिए।

महिलाविरुद्ध हिंसाको दीर्घकालीन मुद्दामा मात्र नभई उनीहरूलाई सुरक्षित काम गर्ने अवस्था प्रदान गर्न असफल भएकोमा पनि आक्रोश व्यक्त दशौँ हजार सर्वसाधारण विरोध प्रदर्शनमा सहभागी भएका छन्। एक अर्ब ४० करोड जनसङ्ख्या भएको भारतमा सन् २०२२ मा दैनिक औसत ९० वटा बलात्कारका घटना दर्ता भएका थिए।

बलात्कारपछि हत्या गरिएकी चिकित्सकलाई शिक्षण अस्पतालको सेमिनार हलमा फेला पारिएको थियो। शव परीक्षण प्रतिवेदनबाट यौन उत्पीडनको पुष्टि भएको छ भने अदालतमा दर्ता भएको निवेदनमा पीडितका आमाबाबुले छोरीलाई सामूहिक बलात्कार गरेको आशंका व्यक्त गरेका छन्।

प्रदर्शनकारीहरूले पीडित चिकित्सकलाई ‘अभय’ उपनाम दिएका छन्। यसको अर्थ ‘निडर’ हो।

प्रकाशित: ६ भदौ २०८१ २१:३१ | Thursday, August 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast