काठमाडौँ- म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डिस आगामी सन् २०२७ सम्म क्लबमै रहने भएका छन्। उनले क्लबमा रहन विकल्पसहित नयाँ सम्झौतामा हस्ताक्षर गरेका हुन्। २९ वर्षीय फर्नान्डिस सन् २०२० को जनवरीमा लिस्बनबाट ४७ मिलियन पाउन्डमा युनाइडेड आएका थिए।
यसअघि सन् २०२२ मा २०२६ सम्म क्लबमै रहनेगरी नयाँ सम्झौतामा हस्ताक्षर गरेका थिए।
प्रकाशित: ३१ साउन २०८१ ८:३४ | Thursday, August 15, 2024
प्रतिक्रिया




