प्रतिनिधिमूलक तस्बिर
काठमाडौँ- जल तथा मौसम विज्ञान विभागले बैतडीमा भारी वर्षा भएको जनाएकाे छ। माैसमबारे नियमित अपडेट गराउँदै विभागले बैतडीको दैनसिलि (सिद्धापुर) वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा भारी वर्षा भएको जनाएकाे हो।
विभागले थप वर्षा हुनसक्ने सम्भावना रहेकाले उक्त जिल्ला भएर बग्ने ससाना नदीमा जलसतह केही बढ्नसक्ने जनाएको छ।
कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन विभागको आग्रह छ।
प्रकाशित: १४ भदौ २०८१ ६:१४ | Friday, August 30, 2024
प्रतिक्रिया




