बेचन झालाई थप चार दिन हिरासतमा राख्न अनुमति

हिमाल प्रेस २७ साउन २०८१ १७:०९ | Sunday, August 11, 2024
बेचन झालाई थप चार दिन हिरासतमा राख्न अनुमति बेचन झा

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई थप चारदिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश महेन्द्रराज काफ्लेले उनलाई थप चारदिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन्।

गत असार १४ गते पक्राउ परेका झासँग जिल्ला प्रहरी परिसर काठमाडौँले झासँग बयान लिइरहेको छ ।

काठमाडौँ महानगरपालिका–१० बानेश्वर बस्ने झाले वीरगन्ज उप–महानगरपालिका–७ ठेगाना उल्लेख गरेर नागरिकता बनाएको भेटिएको छ। उनको साथमा फेला परेको आधार कार्डको अधिकारिकताबारे प्रहरीले भारतमा पत्राचार गरेको छ।

प्रकाशित: २७ साउन २०८१ १७:०९ | Sunday, August 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast