 बेचन झा
                             बेचन झा 
                                            काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झामाथि लागेका आरोपमाथि आजदेखि जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस सुरु हुँदै छ।
थुनछेक बहसपछि उनलाई धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने आदेश हुने छ। प्रहरीले तयार पारेको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा झाविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको थियो।
बयान झाले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूलाई थाहै नभएको इन्कारी बयान दिएका छन्।
                            प्रकाशित: ३१ साउन  २०८१ ९:२१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 