बालविकास केन्द्र र सहजकर्ताकाे समस्याबारे मुख्यमन्त्री कंडेलकाे ध्यानाकर्षण, तलब बढ्ने!

हिमाल प्रेस २ भदौ २०८१ १२:४१ | Sunday, August 18, 2024
बालविकास केन्द्र र सहजकर्ताकाे समस्याबारे मुख्यमन्त्री कंडेलकाे ध्यानाकर्षण, तलब बढ्ने!

काठमाडाैँ- बालविकास शिक्षकहरूले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेललाई बालविकास शिक्षाकाे अवस्थाबारे ध्यानाकर्षण गराएका छन्।

शिक्षक निर्मला सुवेदीले मुख्यमन्त्री कंडेललाई विशेष गरी कर्णाली प्रदेशमा रहेका २९०० बालविकास केन्द्रको शैक्षिक अवस्था, केन्द्र संचालनमा सहजीकरण र कर्णाली प्रदेश सरकारबाट प्राप्त चाडबाड खर्चबारे ध्यानाकर्षण गराएकाे जानकारी दिइन्।

त्यसैगरी सुवेदीले वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०८१ को नीति तथा कार्यक्रमअनुसार २०८१ साउनदेखि लागू हुने गरी बालविकास शिक्षकहरूकाे तलब वृद्धि गर्न लागेकाे पनि जानकारी दिइन्।

अहिले नगरपालिकाबाट सात र संघीय सरकारबाट १० हजार रुपैयाँ गरी बालविकास शिक्षकले १७००० हजार रुपैयाँ पाउँछन्। सुवेदीका अनुसार अब नगरपालिकाले तीन हजार रुपैयाँ थप गरी २० हजार रुपैयाँ पुर्‍याउने भएकाे छ।

वीरेन्द्र नगरलेजस्तै अन्य पालिकाले पनि बालविकास शिक्षककाे तलब वृद्धि गरे राहत हुने सुवेदीले बताइन्।

वीरेन्द्रनगर नगरपालिकाभित्र ५९ वटा सामुदायिक विद्यालय छन्। जसमा ९६ जना बालविकास शिक्षक कार्यरत छन्।

प्रकाशित: २ भदौ २०८१ १२:४१ | Sunday, August 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast