कविता

बाढीपहिरोमा ‘मेरो देश’ अझै रुँदै छ!

सागर रावल ८ भदौ २०८१ १२:३६ | Saturday, August 24, 2024
बाढीपहिरोमा ‘मेरो देश’ अझै रुँदै छ!

विकास लेख्छु भनेर किनेका सिसाकलम
तुइन तर्दातर्दै खोलाले बगायो
सिसाकलमसँगै मेरा भावना बगे, आमाबुबाको आँसु बगे।
परिवारको उत्साह बग्यो, आशा र भरोसा बग्यो

आज पनि सधैँझैँ बाढी आउँछ, पहिरो आउँछ जिन्दगी नै बग्छ।
आँधी आउँछ, हुरी आउँछ, जिन्दगी नै उड्छ।

हेर न
देशको खुसी हेर्ने आँखा परदेशी भएको छ।
घर आउँदा छोरा अनाथ भएको छ।

आज पनि आगो बल्छ वनजंगलमा
डढेलोमा पर्छ
जिन्दगी नै जल्छ
शिरैमाथि चट्याङ पर्छ
जिन्दगी नै डढ्छ।

सधैँझैँ असारसाउनमा पानी पर्छ
धर्ती फाट्छ, जोडेको घर सम्पत्ति बग्छ
सहरा छिनिन्छ

कोही बीच बाटोमा मर्छ
कोही पर्खाइमा मर्छ
त्यहीँ गर्तमा पर्छ
हुर्कन नपाउँदै सन्तान गर्भमै मर्छ
कहिले टुहुरो मर्छ
खाँदाखाँदै श्वास नली
रोकिएर मर्छ

मेरो देशमा किसानले उत्पादन गर्दा पानी पर्दैन बाली सुख्छ।
ऊ अभावमा मर्छ
गरिब खान नपाएर मर्छ

वर्षैपिच्छे ज्यान गुमाएका छन् जनताले
नेता राहतका नाममा लुटपाट गर्छ
किन मान्छे मान्छेलाई सुझ्दैन?
तुइन चुडिँदा देश किन चुडिँदैन?

मान्छे एकअर्काको दुःख किन बुझ्दैन?

यही प्रकृति मानिसको देन हैन र? हामी आफैँले बनाउनु पर्ने हैन र?
आज हामीलाई यसैले लिँदैछ।
एकपछि अर्को बगायो

हेर न
त्यो गाउँ बगायो देशको आधार छिनियो
अर्ध काटिएका खुटालाई सहज बनाउन किनेका बैसाखी पाखोको भीमकाय पहिरोले बगाइदियो।
हेर न बाढी पहिरोमा मेरो देश अझै रुँदै छ।

प्रकाशित: ८ भदौ २०८१ १२:३६ | Saturday, August 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast