पहिरो झरेको स्थान।
बैतडी- अविरल वर्षासँगै बझाङको बुंगल नगरपालिका–१० स्थित टुमेडा गाउँमा पहिरो जाँदा चारजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बुंगल–१० का टुमेडाका काली धामी, गोल्की धामी, आकृति धामी, लक्ष्मी धामी रहेका सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिइन्।
गए राति गएको पहिरोमा घर पुरिँदा चारजनाको मृत्यु भएको उनले बताइन्। उनले भनिन्, ‘चारजनाको मृत्यु भएको र छजनाको उद्घार गरिएको खबर छ, हामी राहत सामग्री लिएर प्रभावित क्षेत्रमा जाँदैछौँं।’
पहिरोमा परी पुरिएका शव स्थानीय र प्रहरीको टोलीको सक्रियतामा बिहान निकालिएको हो। पहिरोमा पुरिएका अन्य छजनाको जीवितै उद्घार गरिएको छ । वीरबहादुर धामी, उज्जल धामी, रोशन धामी, कमला धामी, अम्बादत्त जोशी र शान्ति धामीको जीवितै उद्धार गरिएको छ।
प्रकाशित: ३ भदौ २०८१ १०:१७ | Monday, August 19, 2024
प्रतिक्रिया





