बंगलादेश : विद्यार्थीले घेरे सर्वोच्च अदालत, राजीनामा दिने तयारीमा प्रधानन्यायाधीश

हिमाल प्रेस २६ साउन २०८१ १५:१० | Saturday, August 10, 2024
बंगलादेश : विद्यार्थीले घेरे सर्वोच्च अदालत, राजीनामा दिने तयारीमा प्रधानन्यायाधीश फाइल तस्बिर

काठमाडौँ- बंगलादेशमा अन्तरिम सरकार गठन भइसके पनि विद्यार्थीहरूले आन्दोलनलाई विराम दिएका छैनन्। उनीहरूले शनिबार त्यहाँको सर्वोच्च अदालत घेराउ गरेका हुन्।

प्रदर्शनरत विद्यार्थीहरूले सर्वोच्च अदालतका मुख्य न्यायाधीश अब्दुल हुसेनको राजीनामा माग गरेका छन्।

हुसेनले पूर्वप्रधानमन्त्री सेख हसिनालाई पुनः सत्तामा फर्काउन कानुनी दाउपेच गरिरहेको आन्दोलनरत विद्यार्थीहरूको आरोप छ।

आन्दोलनरत विद्यार्थीको अत्यधिक दबाबपछि मुख्य न्यायाधीश हुसेन राजीनामा दिने तयारीमा पुगेको बताइएको बंगलादेशको अनलाइन समाचार ‘ढाका ट्रिब्युन’ ले जनाएको छ। राष्ट्रपति मोहम्मद सहाबुद्दिनलाई भेटेर उनले साँझ राजीनामा तयारी गरेको बताइएको छ।

राजीनामाअघि हुसेनले सर्वोच्च अदालतका सबै न्यायाधीशको ‘फुलकोर्ट’ बैठक बोलाएका छन्।

प्रकाशित: २६ साउन २०८१ १५:१० | Saturday, August 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast