बंगलादेशले टेस्ट क्रिकेटमा पाकिस्तानलाई हराएर रच्यो इतिहास

हिमाल प्रेस ९ भदौ २०८१ १९:३३ | Sunday, August 25, 2024
बंगलादेशले टेस्ट क्रिकेटमा पाकिस्तानलाई हराएर रच्यो इतिहास

काठमाडौँ- पाकिस्तान र बंगलादेशबीच जारी टेस्ट क्रिकेट श्रृंखलाको पहिलो खेलमा बंगलादेशले घरेलु टोली पाकिस्तानलाई हराएर इतिहास रचेको छ।

टेस्ट क्रिकेटमा पाकिस्तानविरूद्ध पहिलोपटक जित हासिल गरेर बंगलादेशले इतिहास बनाएको हो। दुवै देशबीचको पहिलो टेस्ट पाकिस्तानको रावलपिन्डीमा खेलिएको थियो। यसअघि दुवै देशबीच खेलिएको १३ टेस्टमध्ये १२ खेलमा पाकिस्तानले जित हासिल गरेको थियो भने एक खेल बराबरीमा टुंगिएको थियो।

पाकिस्तानलाई पराजित गरेसँगै बंगलादेशले टेस्ट क्रिकेटमा पराजित गर्न नसकेको टिम भारत र दक्षिण अफ्रिकामात्रै हो।

जारी श्रृंखलाको पहिलो खेलमा पाकिस्तानले पहिलो इनिङमा ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा ४४८ रनको योगफल खडा गरेको थियो। जवाफमा ब्याटिङका लागि उत्रिएको बंगलादेशले पहिलो इनिङमा ५६५ रन बनायो। पहिलो इनिङको खेल सकिँदासम्म बंगलादेशसँग ११७ रनको अग्रता थियो।

दोस्रो इनिङमा ब्याटिङका लागि आएको पाकिस्तान टिमले केवल १४६ रनमात्रै जोड्नसक्यो। र, बंगलादेशसामु जितका लागि ३० रनको लक्ष्य प्रस्तुत गर्‍यो।

बंगलादेशले दोस्रो इनिङमा ब्याटिङ गर्दै ६.३ ओभरमा ३० रन बनाएर १० विकेटले जित हासिल गर्‍यो।

पाकिस्तानका लागि ब्याटिङ गर्दै पहिलो इनिङमा सऊद शकीलले १४१ र मोहम्मद रिजवानले १७१ रनको सतकीय पारी खेले।
बंगलादेशको तर्फबाट पहिलो इनिङमा मुशफिकुर रहीमले शानदार ब्याटिङ गर्दै १९१ रन बनाए। यो इनिङका लागि उनी ‘प्लेयर अफ द म्याच’ भए।

प्रकाशित: ९ भदौ २०८१ १९:३३ | Sunday, August 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast