प्रिमियर लिगमा चेल्सीको सानदार जित

हिमाल प्रेस १० भदौ २०८१ ६:५० | Monday, August 26, 2024
प्रिमियर लिगमा चेल्सीको सानदार जित

काठमाडौँ- नोनी माडुएकेको ह्याट्रिकको मद्दतमा चेल्सीले इंग्लिस प्रिमियर लिग (ईपीएल) मा सानदार जित दर्ता गरेको छ। जारी सिजनको दोस्रो खेलमा पहिलो जित दर्ता गर्ने क्रममा चेल्सीले वुल्भ्समाथि ६-२ को सानदार जित हात पारेको हो। चेल्सी पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीसँग पराजित भएको थियो।

वुल्भ्सको घरेलु मैदानमा भएको खेलमा चेल्सीका लागि नोनीले क्याट्रिक पूरा गर्दा कोल पाल्मर, निकोलस ज्याक्सन र जोआओ फेलिक्स समान १ गोल गरे।

दोस्रो मिनेटमै ज्याक्सनले चेल्सीको खाता खोलेका थिए। वुल्भ्सका लागि २७औं मिनेटमा म्याथ्युअस कुन्हाले गोल गर्दै खेलमा बराबरी गरेका थिए। पहिलो हाफको निर्धारित समय सकिन केही सेन्केड बाँकी रहँदा पाल्मरले गोल गर्दै चेल्सीलाई २–१ को अग्रता दिलाए।

पहिलो हाफको इन्जुरी समयमा जोर्गेन स्ट्रान्ड लार्सनले गोल गर्दै वुल्भ्सलाई २–२ को बराबरीमा ल्याए । नोनीले ४९औं, ५८औं र ६३औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। ८०औं मिनेटमा फेलिक्सले गोल गर्दै चेल्सीलाई फराकिलो जित दिलाए।

जितसँगै २ खेलबाट ३ अंक जोडेको चेल्सी सातौं स्थानमा उक्लिएको छ। समान खेल खेलेको वुल्भ्स अंकविहीन रहँदै पुछारबाट दोस्रो स्थानमा छ।

प्रकाशित: १० भदौ २०८१ ६:५० | Monday, August 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast