प्राकृतिक विपद्‌ : दुई महिनामा १९० जनाले गुमाए ज्यान

हिमाल प्रेस ३ भदौ २०८१ १७:४१ | Monday, August 19, 2024
प्राकृतिक विपद्‌ : दुई महिनामा १९० जनाले गुमाए ज्यान

काठमाडौँ- बाढी, पहिरो लगायतका विपद्‍का घटनामा परी दुई महिनाको अवधिमा १९० जनाले ज्यान गुमाएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार जेठ २८ गतेदेखि हालसम्म बाढी पहिरोलगायतको प्राकृतिक प्रकोपबाट १ ९० जनाले ज्यान गुमाएका हुन्।

मृत्यु हुनेमा काठमाडौँ उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३२ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३६ जना, कर्णाली प्रदेशमा १३ जना र सुदूरपश्चिम प्रदेशमा १५ जना गरी जम्मा १ सय ९० जना रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सोही अवधिमा काठमाडौँ उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३८ जना, मधेश प्रदेशमा १२ जना, बागमती प्रदेशमा २३ जना, गण्डकी प्रदेशमा ४५ जना, लुम्बिनी प्रदेशमा १८ जना, कर्णाली प्रदेशमा ५७ जना र सुदूरपश्‍चिम प्रदेशमा ३४ जना गरी जम्मा २ सय ३८ जना घाइते भएका छन्।

साथै काठमाडौँ उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्‍चिम प्रदेशमा ५ जना गरी जम्मा १ सय १४ जनाको उद्धार गरिएको छ।

बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, मधेश प्रदेशमा १ जना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्‍चिम प्रदेशमा १ जना गरी ४९ जना बेपत्ता भएका छन्।

यसैबीच बाढीका कारण सोमबारसम्म जम्मा ३ सय ८४ घर डुबानमा परेका छन्। ३ सय २७ वटा घर, १ सय १२ वटा गोठ, ५१ वटा पुल, ४ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको कार्यालयले जनाएको छ।

प्रकाशित: ३ भदौ २०८१ १७:४१ | Monday, August 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast