प्रहरीको ३० बर्से सेवाविरुद्ध २१ अधिकारी सर्वोच्चमा, न्यायाधीश फुयाँलको इजलासमा सुनुवाइ हुँदै

हिमाल प्रेस ६ भदौ २०८१ ११:५४ | Thursday, August 22, 2024
प्रहरीको ३० बर्से सेवाविरुद्ध २१ अधिकारी  सर्वोच्चमा, न्यायाधीश फुयाँलको इजलासमा सुनुवाइ हुँदै सर्वोच्च अदालत

काठमाडौँ- नेपाल प्रहरीको ३० बर्से सेवाअवधि हटाउन माग गर्दै दायर रिटको आज सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइको पेसी तोकिएको छ। वरिष्ठ प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठसहित २१ प्रहरी अधिकारीले बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। सो रिटमाथिको सुनुवाइका लागि न्यायाधीश हरिप्रसाद फुयाँलको  इजलासमा पेसी तोकिएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, प्रहरी किताबखाना समेतलाई विपक्षी बनाइएको रिटमा प्रहरी सङ्गठनमा ३० बर्से सेवा अवधि हटाउन माग गरिएको छ।

नेपाल प्रहरीमा ९० जना अधिकारी यही भदौ १५ गतेदेखि ३० बर्से सेवा अवधिसम्बन्धी प्रावधानका कारण अनिवार्य अवकाशमा जाँदैछन्। उमेर हद बाँकी नै रहे पनि सेवा अवधि ३० वर्ष पुगेका कारण अवकाशमा जानुपर्ने भएपछि उनीहरूले न्यायालय गुहारेका हुन्।

प्रहरीका माथिल्लो तहका अधिकारीको ३० बर्से अवधि हटाउने विषयमा लामो समयदेखि विवाद छ।

प्रकाशित: ६ भदौ २०८१ ११:५४ | Thursday, August 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast