प्रधानमन्त्री ओलीले किन गरे शनिबारका सबै कार्यक्रम रद्द?

हिमाल प्रेस २६ साउन २०८१ १०:१९ | Saturday, August 10, 2024
प्रधानमन्त्री ओलीले किन गरे शनिबारका सबै कार्यक्रम रद्द? प्रधानमन्त्री केपी शर्मा ओली। फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीका शनिबारका सबै कार्यक्रम रद्द गरिएका छन्। उनले भेट्न आउने व्यक्तिलाई समेत भेटका लागि समय दिएका छैनन्।

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार ओलीले आरामका लागि कार्यक्रम रद्द गरेका हुन्। ‘अघिल्लो शनिबार पनि उहाँ खासै त्यस्तो कार्यक्रममा सहभागी हुनुभएन, यो पटक पनि अलि आराम होस् भनेर शनिबार कुनै कार्यक्रम राख्नुभएको छैन,’ ओलीको सचिवालयका एक सदस्यले बताए। उनको स्वास्थ्यमा समस्या आएको आँकलन गरिए पनि त्यस्तो नभएको ती सदस्यले जानकारी दिए।

प्रकाशित: २६ साउन २०८१ १०:१९ | Saturday, August 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast