प्रतिनिधिसभाबाट टीआरसी पारित गरिने

हिमाल प्रेस ३० साउन २०८१ ६:३४ | Wednesday, August 14, 2024
प्रतिनिधिसभाबाट टीआरसी पारित गरिने कानुन न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदी।

काठमाडौँ- प्रतिनिधिसभाको बैठक आज दिनको १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस्’ भनी प्रस्ताव गर्नुहुने संसद् सचिवालयले जनाएको छ।

सोही बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ (टीआरसी) लाई पारित गरियोस्’ भनी कानुनमन्त्रीले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

प्रकाशित: ३० साउन २०८१ ६:३४ | Wednesday, August 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast