प्रचण्ड भन्छन् : सेना समायोजन र हतियार व्यवस्थापन गर्दा माओवादी फुट्यो, देश बच्यो

हिमाल प्रेस ३० साउन २०८१ १४:१८ | Wednesday, August 14, 2024
प्रचण्ड भन्छन् : सेना समायोजन र हतियार व्यवस्थापन गर्दा माओवादी फुट्यो, देश बच्यो पुष्पकमल दाहाल

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले द्वन्द्वकालीन हतियार व्यवस्थापन र सेना समायोजन गर्दा माओजादी पार्टी विभाजन हुन पुगेको बताएका छन्।
आज बुधबार संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि छलफल गर्नेक्रममा दाहालले यस्तो बताएका हुन्।

 ‘बिना कुनै खुन खराब त्यो सफल गरियो,’ उनले भने, ‘एउटै मात्रै क्षति मेरो पार्टीले व्यहोर्नुपर्‍यो,’ उनले भने, ‘मैले हतियार व्यवस्थापन गरेका कारण मेरो पार्टी विभाजन भयो। देश बच्यो। त्यस कुरामा मलाई गर्व छ।’

उनले  शान्ति प्रक्रियाको प्रारम्भिक आरम्भकर्ता माओवादी रहेको पनि दाबी गरे। ‘शान्ति प्रक्रियाको प्रारम्भिक आरम्भकर्ता माओवादी हो भन्नेमा द्विविधा मान्ने ठाउँ छैन,’ उनले भने, ‘तत्कालै हामीले मूलधारका राजनीतिक दलहरूसँग वार्तालाई घनिभूत बनायौँ।’

दाहालले विगतमा झैँ यसपटक पनि शान्तिप्रक्रियामा नेपाली कांग्रेसका तत्कालीन सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग आफूले गरेको कामकारबाही पनि स्मरण गरे। उनले पनि केपी ओली, शेरबहादुर देउवाले जस्तै नेपालको शान्ति प्रक्रिया मौलिक रहेको समेत दोहोर्‍याए।

 

प्रकाशित: ३० साउन २०८१ १४:१८ | Wednesday, August 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast