प्रचण्ड भन्छन् : भ्रष्टाचारको मुद्दामा हदम्याद राख्ने कि नराख्ने पर्याप्त छलफल गर्नुपर्छ

हिमाल प्रेस ३१ साउन २०८१ १२:५७ | Thursday, August 15, 2024
प्रचण्ड भन्छन् : भ्रष्टाचारको मुद्दामा हदम्याद राख्ने कि नराख्ने पर्याप्त छलफल गर्नुपर्छ प्रचण्ड । फाइल तस्बिर

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारको मुद्दामा हदम्याद राख्ने कि नराख्ने भन्ने विषयमा पर्याप्त छलफल गरेर टुंगोमा पुग्नुपर्ने बताएका छन्।

बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था समितिको बैठकमा अध्यक्ष प्रचण्डले भ्रष्टाचार निवारणको विषय कानुनी र प्राविधिक मात्रै नभएकाले पर्याप्त छलफल गरेर हदम्याद राख्ने कि नराख्ने भन्नेबारे निर्णय लिनुपर्ने बताएका हुन्। ‘हदम्याद राख्ने कि नराख्ने भन्ने छलफल चलिरहेको छ। यसमा पर्याप्त छलफल गरेर मात्रै हामी टुंगोमा पुग्नुपर्छ,’ उनले भने।

पूर्वप्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारसम्बन्धी मुद्दालाई समयानुकूल बनाउन आवश्यक रहेको बताए। शासन प्रणाली र नियामक निकायमा जटिलता रहेको उनले बताए। प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गर्ने बितिक्कै निलम्बन हुने भएकाले अदालतले निर्दोष भनेको अवस्थामा क्षतिपूर्ति के हुने भन्नेबारे पनि सोच्नुपर्ने बताए।

‘अदालतले फैसला नगर्दासम्म निलम्बित नहुने वा निलम्बन गर्ने कि नगर्ने ? फैसलापछि क्षतिपूर्तिको व्यवस्था गर्ने कि ? पर्याप्त छलफल होस्,’ उनले भने।

प्रकाशित: ३१ साउन २०८१ १२:५७ | Thursday, August 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast