काठमाडौँ- नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बिदाइ भेट गरेका छन्।
अध्यक्ष प्रचण्डसँग नेपालका लागि अस्ट्रेलियन राजदूत भोल्कले अध्यक्ष निवास खुमलटारमा भेट गरेका हुन्। भेटको अवसरमा राजदूत भोल्कले नेपालको शान्ति प्रक्रियालाई सहमतिमा टुंगोमा पुर्याउन सफलता मिलेकोमा बधाई दिंदै नेपालको अन्तर्राष्ट्रिय सम्मान विकासमा प्रधानमन्त्रीत्वकाल धेरै नै सफल र उत्कृष्ट भएको बताए।
सो क्रममा अध्यक्ष प्रचण्डले नेपाल–अस्ट्रेलिया सम्बन्धलाई थप मजबुत बनाउन राजदूत फेलिसिटीले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी बाटोमा सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरे।
प्रकाशित: ३० साउन २०८१ ११:०३ | Wednesday, August 14, 2024
प्रतिक्रिया





