पोखरामा नेपाल फेसनिस्टा-२०२४ सम्पन्न

हिमाल प्रेस ४ भदौ २०८१ १५:५९
पोखरामा नेपाल फेसनिस्टा-२०२४ सम्पन्न

पोखरा- एस्याप इन्टरटेन्मेन्टको आयोजनामा नेपाल फेसनिस्टा-२०२४ सम्पन्न भएको छ। अगस्ट १७ मा पोखराको टीका रिसोर्ट, लेकसाइडमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो।

नेपाली फेशन क्षेत्रमा नेपाल फेसनिस्टाले आफ्नो अलग पहिचान बनाउन सफल भइसकेको छ। उक्त कार्यक्रमले नेपाली फेसनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्त्वपूर्ण योगदान दिएको छ। कार्यक्रममा २० जना महिला र पुरुष मोडलले विभिन्न पहिरनमा र्‍याम्प वाक गरेका थिए।

कार्यक्रममा नेपालका फेसन आईकन प्रशान्त ताम्राकार ,कलाकार एवम् नाट्य गुरु अनुप बराल, एस्याप इन्टरटेन्मेन्टका अध्यक्ष एवम् नायक सन्तोष अधिकारी, निर्देशक घनश्याम लामिछाने, ब्राण्ड कन्सल्टेन्ट पवन राज जोशी, चलचित्र निर्मात्री प्रतिमा थापा, फिल्म ‘चित्रा’का निर्माता आशिष थापा मगरलगायतको उपस्थिति थियो भने कार्यक्रम चर्चित कार्यक्रम प्रस्तोता जी पी तिमल्सिनाले सञ्चालन गरेका थिए।

नेपाल फेसनिस्टाको यो दोस्रो संस्करण रहेको छ। पहिलो सिजन २०१९ मा अस्ट्रेलियाको सिड्नीस्थित मराना अडिटोरियममा सफलतापूर्वक सम्पन्न भएको थियो। यो कार्यक्रमले नेपाली फेसन डिजाइनर, मोडल र फेशन प्रेमीहरूलाई विश्व मञ्चमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ।

आयोजक एस्याप इन्टरटेन्मेन्ट नेपाली फेसनलाई विश्व बजारमा प्रस्तुत गर्ने कार्य सँगसँगै नेपाली फिल्म निर्माणमा पनि सक्रिय छ।

प्रकाशित: ४ भदौ २०८१ १५:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast