पुस्तकालय दिवस मनाइँदै

हिमाल प्रेस १५ भदौ २०८१ ६:५८ | Saturday, August 31, 2024
पुस्तकालय दिवस मनाइँदै

काठमाडौँ- १७ औँ पुस्तकालय दिवस शनिबार देशभर मनाइँदैछ। सरकारले २०६५ देखि भदौ १५ गते पुस्तकालय दिवस मनाउँदै आएको छ। राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा विसं १८६९ भदौ १५ गते शुक्रबार पुस्तकालय बनाउनेसम्बन्धी कानुनमा लालमोहर लगाएको स्मृतिमा सरकारले भदौ १५ गतेलाई पुस्तकालय दिवसका रूपमा मनाउने निर्णय गरेको थियो।

१७ पुस्तकालय दिवसका अवसरमा दुई साता अघि नै सरकारी एवं गैरसरकारी स्तरबाट विभिन्न कार्यक्रम सुरु भएको छ। दिवस मनाउन सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा दीपक काफ्लेको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ।

मूल समारोह समितिले यस वर्षको पुस्तकालय दिवसको नारा ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ तय गरेको छ। यही नाराका आधारमा आज पुस्तकालय दिवसको मूल कार्यक्रम गरिनेछ। कार्यक्रममा पुस्तकालय दिवससम्बन्धी स्मारिका सार्वजनिक गरिनेछ। मूल समारोहको कार्यक्रममा उत्कृष्ट पुस्तकालय र पाठकलाई पनि सम्मान गर्ने गरी तयारी भएको छ।

शिक्षा मन्त्रालयको २०७८/७९ को सर्वेक्षणले देशभर ९२८ वटा सामुदायिक तथा सार्वजनिक पुस्तकालय रहेको देखाएको थियो। तीमध्ये हाल २२७ वटा पुस्तकालय मात्र राम्रोसँग चलेको नेपाल सामुदायिक पुस्तकालय संघको महासचिवसमेत रहेका मूल समारोह समिति अन्तर्गतको प्रचारप्रसार उपसमितिका संयोजक राजेन्द्र पाण्डेले जानकारी दिए।

प्रकाशित: १५ भदौ २०८१ ६:५८ | Saturday, August 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast