 
                             
                                            काठमाडौँ- नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा दुर्घटनामा परेको एयर डाइनेस्टीको हेलिकप्टरमा सवार पाँचै जनाको ज्यान गएको छ। एयर डाइनेष्टीको नाइन एन-एजेडी कलसाइनको उक्त हेलिकप्टर पाइलट हेमन्त मल्लले उँडाएका थिए। हेलिकप्टरमा चार जना चिनियाँ पर्यटक सवार थिए। हेलिकप्टरमा चिनियाँ पर्यटकहरू जुदाड टाङ (पुरुष), जीलि (पुरुष), यियाद वु-महिला) र जेमिङ सी (पुरुष) रहेका थिए।
हेलिकप्टर बुधबार दिउँसो काठमाडौँबाट रसुवाको स्याप्रुबेँसीतर्फ उडेको थियो। यो हेलिकप्टर काठमाडौँबाट १:५४ मिनेटमा काठमाडौँबाट उँडेको र उँडेको तीनमिनेटसम्म विमानस्थलको सम्पर्कमा रहेको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी तिलक भारतीका अनुसार घटनास्थलमा पाँचै जनाको शव भेटिएको छ। स्थानीयले हेलिकप्टर रुखमा ठोक्किएर दुर्घटनामा परेको बताएको उनले जानकारी दिए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                             ![यसरी टुक्राटुक्रा भयो एयर डाइनेस्टीको हेलिकप्टर [फोटो फिचर]](https://himalpress.com/wp-content/uploads/2024/08/air-dainesti.jpg) 
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 