पाँचथरमा ग्रिनेड पड्किँदा दुई बालकको मृत्यु

हिमाल प्रेस १४ भदौ २०८१ ८:१८ | Friday, August 30, 2024
पाँचथरमा ग्रिनेड पड्किँदा दुई बालकको मृत्यु प्रतीकात्मक तस्बिर।

पाँचथर- पाँचथरको फालेलुङ गाउँपालिका-५ प्राङवुङको डाडाँगाउँमा ग्रिनेड पड्किँदा घाइते दुईजना बालककाे मृत्यु भएकाे छ।

बिहीबार माओवादी कार्यकर्ता आइतराज केरुङ (आईबी) को घरमा बस्दै आएका ज्ञानबहादुर राईका १० वर्षीय छोरा पवन, स्थानीय दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन र अढाई वर्षीया छोरी प्रिन्सा घाइते भएका थिए।

उपचारका लागि पाँचथर अस्पतालबाट झापा लैजाने क्रममा प्रिन्साको राति १० बजे बाटोमै र दिप्सनको राति १ बजे बीएन्डसी अस्पताल झापा पुर्‍याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएकाे छ।

प्रहरीकाे भनाइमा घाइते बालक पवनको भने पाँचथर अस्पतालमै उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी हेमन्त भण्डारी क्षेत्रीले उनीहरू घरेलु ग्रिनेड पड्केर घाइते भएको हुनसक्ने बताए। ग्रिनेड कहिले र कसले राख्यो भन्ने खुलेकाे छैन।

प्रकाशित: १४ भदौ २०८१ ८:१८ | Friday, August 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast