पर्यटकका लागि उत्तर कोरियाले सीमा खोल्दै

हिमाल प्रेस ३१ साउन २०८१ १७:२७ | Thursday, August 15, 2024
पर्यटकका लागि उत्तर कोरियाले सीमा खोल्दै

काठमाडौँ- उत्तर कोरियाले आफ्नो सीमा विदेशी पर्यटकका लागि खुला गर्ने भएको छ। उत्तर कोरियाले लगभग चार वर्षपछि विदेशी पर्यटकका लागि सीमा खुला गर्न लागेको हो।

सन् २०२० मा कोरोना महामारी सुरू भएसँगै उत्तर कोरियाले सीमा बन्द गरेको थियो। त्यसयता उसले आफ्नो एउटा सहरलाई पर्यटकका लागि खोल्ने निर्णय गरेको हो। उत्तर कोरियाले पहाडी क्षेत्रस्थित सामजियोन सहरमा घुम्न पर्यटकलाई अनुमति दिने तयारी गरेको बीबीसीले जनाएको छ।

कोरोना महामारीका बेला उत्तर कोरियाले लगाएको प्रतिबन्धहरूलाई पछिल्लो समय खुकुलो बनाउँदै गएको छ। सीमा बन्द गरेपछि त्यहाँ खाद्यान्न संकट सुरू भएको थियो।

परमाणु कार्यक्रमका कारण उत्तर कोरियाले अन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गर्नु परिरहेको छ। प्रतिबन्धका कारण उत्तर कोरियाको अर्थव्यवस्थामाथि दबाब रहेको छ।

प्रकाशित: ३१ साउन २०८१ १७:२७ | Thursday, August 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast