पराजित भएपछि झाँक्रीको प्रतिक्रिया : चिट बाँडे पनि रामकुमारी नचिन्ने थिएनन्, के भन्ने र!

हिमाल प्रेस १२ भदौ २०८१ ९:४१ | Wednesday, August 28, 2024
पराजित भएपछि झाँक्रीको प्रतिक्रिया : चिट बाँडे पनि रामकुमारी नचिन्ने थिएनन्, के भन्ने र!

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित बनेसँगै राजनीतिकरूपमै बहस चलिरहेको छ। माधवकुमार नेपालले एमाले विभाजित गर्दा झाँक्रीले उनलाई दह्रो साथ दिएकी थिइन्।

यति मात्र नभई उनी विद्यार्थी राजनीति गरेर मूल राजनीतिमा प्रवेश गरेकी पात्र हुन्। तर, झाँक्रीले महिला उपाध्यक्षमा जयन्ती राईसँग चुनाव हारिन्। जयन्ती लामो राजनीति गरेकी पात्र हुन्। तर पनि समाजवादीमा उनको भन्दा झाँक्रीकै चर्चा बढिहुन्थ्यो। जयन्तीले १८९ मत पाउँदा झाँक्रीले ११२ मत पाइन्। झाँक्रीको हारसँगै सामाजिक सञ्जालमा पनि उनको बारेमा चर्चा भइरहेको छ।

मतदानका क्रममा ‘चिट’बाँडेर झाँक्रीलाई हराएको धेरैको अनुमान छ। समाजवादी निकट नेताहरू समेत मुख्य नेताहरूको ‘सिग्नल’मा चिट बाँड्दा ‘लोकप्रिय’ नेताहरूले हारेको बताइरहेका छन्। पराजित भएसँगै हामीले झाँक्रीको प्रतिक्रिया लिएका छौँ। उनले चुनावमा हारजित सामान्य भएको प्रतिक्रिया दिएकी छन्।

‘चुनावमा हारजित हुन्छ। यसमा अनौठो मान्नुहुँदैन।’झाँक्रीले हिमाल प्रेससँग भनिन्। ‘चुनावमा चिट बाँडियो र हराइयो भन्ने छ नि?’ भन्ने प्रश्नमा ‘चिट नै बाँडे पनि रामकुमारी नचिन्ने प्रतिनिधि मतदानमा नभएको’ प्रतिक्रिया दिएकी छन्। उनी यसअघि समाजवादीको सचिव थिइन्। गएको आम निर्वाचनमा गुल्मी २ बाट पराजित भएकी थिइन्। उनलाई एमालेका सचिव गोकर्ण विष्टले हराएका थिए।

प्रकाशित: १२ भदौ २०८१ ९:४१ | Wednesday, August 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast