पदाधिकारी छनोट गर्न एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

हिमाल प्रेस २७ साउन २०८१ १९:०४ | Sunday, August 11, 2024
पदाधिकारी छनोट गर्न एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को पदाधिकारी छनोट केन्द्रीय कमिटीको पूर्ण बैठकले गर्ने भएको छ।

पार्टीमा पदाधिकारीका लागि आकांक्षी धेरै भएपछि सातै प्रदेशबाट भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर केन्द्रीय कमिटीको पूर्ण बैठकले पदाधिकारी चयन गर्न लागेको हो।

पार्टीले युवा, दलित, जनजाति, अल्पसंख्यक, पिछडिएका वर्गलाई पदाधिकारीमा समेट्ने केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिए।

पार्टीको केन्द्रीय कमिटीको पूर्ण बैठक भदौ दोस्रो साता काठमाडौँमा बस्ने तयारी छ। पार्टीमा तीन सय ४४ सदस्यीय केन्द्रीय कमिटीमा अहिले अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी छन्। पार्टीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित १८ पदाधिकारी रिक्त रहेकाले नेताहरूको योगदान, कार्यक्षमताका आधारमा छनोट गरिने जनाइएको छ।

पदाधिकारी छनोटका लागि कार्यविधि तथा मापदण्ड बनाउने पार्टीले केही नेताहरूलाई व्यवस्थापन गर्न विभागमा समेट्ने र जिम्मेवारी दिने तयारी गरेको छ।

प्रकाशित: २७ साउन २०८१ १९:०४ | Sunday, August 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast