नेपाल-भारतका परराष्ट्र सचिवबीच भेट : दुई पक्षीय संयन्त्रलाई क्रियाशील बनाउनेबारे छलफल

हिमाल प्रेस २८ साउन २०८१ १६:२३ | Monday, August 12, 2024
नेपाल-भारतका परराष्ट्र सचिवबीच भेट : दुई पक्षीय संयन्त्रलाई क्रियाशील बनाउनेबारे छलफल भारतीय विदेश सचिव विक्रम मिस्रीलाई नेपालमा स्वागत गर्दै परराष्ट्र सचिव सेवा लम्साल। फाइल तस्बिर

काठमाडौँ– नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिस्रीले पररराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालसँग भेटवार्ता गरेका छन्। दुई सचिवबीच सोमबार काठमाडौँको नक्शालस्थित होटल हिल्टनमा भेटवार्ता भएको हुन्। भेटमा दुई देशका बिचमा विगतमा भएका सहमतीहरू तथा भारतीय सहयोगमा सञ्चालित विभिन्न कार्यक्रमहरूलाई अझ क्रियाशील बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले  जानकारी दिए।

राईले नेपाल–भारत सम्बन्धको सबै पक्षहरूको बीचमा समीक्षा गर्ने र आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको पनि बताए। उनले भारतीय सहयोगमा सञ्चालित परियोजनाहरू र दुई देशका बीचमा भएका विभिन्न संयन्त्रहरूको बैठक सुचारु गर्ने विषयमा पनि कुराकानी भएको बताए।

 ‘नेपाल भारत सम्बन्धको सबै पक्षहरूको बीचमा एक प्रकारले भन्ने हो भने रिभ्यु गर्ने र आगामी दिनमा कसरी अगाडी बढ्ने भन्ने कुराहरू समग्रमा छलफल भएको हो,’ उनले भने, ‘खासगरी कुनै संरचनागत मेकानिजमको बैठक होइन। भारतीय विदेश सचिव उनको परिचयात्मक भ्रमणमा आउनुभएको हो।’

भेटका क्रममा कुनै सहमती वा समझदारीहरू नभएको उनले स्पष्ट पारे। ‘भारतीय सहयोगबाट सञ्चालित विभिन्न परियोजनाहरू छ। हामी दुई देशका बिचमा विभिन्न संयन्त्रहरू छ। त्यो संयन्त्रहरूको बैठक सबै सुचारु रुपमा आगामी दिनमा गर्नुपर्छ भन्नेदेखि लिएर अगाडी कसरी जाने भन्ने विषय हो’ उनले थपे, ‘भारतीय सहयोगबाट सञ्चालित विभिन्न कार्यक्रमहरू छन्। द्विपक्षीय थुप्रै संयन्त्रहरू छ। तिनीहरूलाई कसरी आगामी दिनमा क्रियाशील बनाउने भन्ने विषय नै हो।’

दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिवले राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरू, केही मन्त्री र कांग्रेसका सभापति, माओवादीका अध्यक्षसँग पनि भेट गरेका थिए।

प्रकाशित: २८ साउन २०८१ १६:२३ | Monday, August 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast