नेपाल आइपुगे अमेरिकी उपविदेशमन्त्री रिचार्ड वर्मा

हिमाल प्रेस ३२ साउन २०८१ १३:०१ | Friday, August 16, 2024
नेपाल आइपुगे अमेरिकी उपविदेशमन्त्री रिचार्ड वर्मा

काठमाडौँ- व्यवस्थापन तथा श्रोतसम्बन्धी अमेरिकी उप-विदेशमन्त्री रिचार्ड वर्मा नेपाल आइपुगेका छन्। उनी अहिले अमेरिकी दूतावासमा दूतावासका प्रतिनिधिहरूसँग छलफल गरिरहेका छन्। उप विदेशमन्त्री वर्माले आफ्नो नेपाल भ्रमणको क्रममा नेपाल सरकारका नेतृत्वकर्ताहरू, युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदारहरू, चिया विज्ञहरू तथा नेपाली व्यवसायीहरूसँग भेटघाट गर्ने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।

उनी आज दिन भर भेटघाट गर्ने र भोली बिहानै भारत जाने कार्यक्रम रहेको छ। भारतका उनी पूर्व अमेरिकी राजदूत पनि हुन्। दूतावास स्रोतका अनुसार उनले आजै प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री आरजु राणा देउवालगायतसहित उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको छ।

अमेरिकी बाइडेन सरकारका शक्तिशाली मन्त्रीमध्येका एक उपविदेश मन्त्री वर्मा नेपाललाई नजिकबाट बुझेका व्यक्तिमा पर्छन्। अमेरिकी विदेश मन्त्री एंथनी ब्लिकंनले वर्मालाई युक्रेनको आर्थिक अवस्था सुधारका लागि विशेष प्रतिनिधिमा पनि नियुक्त गरेका छन्।

भ्रमणमा उनका साथमा अमेरिकी राष्ट्रपतिका अन्तर्राष्ट्रिय जलवायु नीतिका वरिष्ठ सल्लाहकार जोन पोडस्टा र अमेरिकी ऊर्जा विभागका उपसचिव डेभिड टर्क रहेको बताइएको छ।

प्रकाशित: ३२ साउन २०८१ १३:०१ | Friday, August 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast