नेपाली सेनालाई थप नयाँ हेलिकप्टरका लागि सहयोग गर्न अमेरिका सहमत छ : अमेरिकी उपविदेशमन्त्री

हिमाल प्रेस ३२ साउन २०८१ १९:०३ | Friday, August 16, 2024
नेपाली सेनालाई थप नयाँ हेलिकप्टरका लागि सहयोग गर्न अमेरिका सहमत छ : अमेरिकी उपविदेशमन्त्री

काठमाडौँ- अमेरिकी उपविदेशमन्त्री रिचार्ड वर्माको एकदिने नेपाल भ्रमण सफल भएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ। आज (शुक्रबार) वर्मा नेपाल भ्रमणमा आएका थिए।

व्यवस्थापन तथा स्रोतसम्बन्धी अमेरिकी उपविदेशमन्त्री उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवासँग शिष्टाचार भेट गरे। सो क्रममा नेपालीहरूका लागि उज्जवल, दिगो र समावेशी भविष्य निर्माण गर्ने योजनाका लागि अमेरिकी सहयोग र अमेरिका–नेपाल साझेदारीबारे छलफल भएको दूतावासले जनाएको छ।

उपविदेशमन्त्री वर्माले नेपाली सेनालाई विपद् प्रतिकार्य प्रयासमा सहयोग गर्न थप नयाँ हेलिकप्टर खरिदका लागि अमेरिका सहयोग गर्न सहमत भएको पनि बताए।

भ्रमणका क्रममा वर्माले एमसीसी नेपाल कम्प्याक्टको उपलब्धिबारे एमसीसीका अधिकारीहरूसँग पनि भेट गरेका थिए। साथै यूएसएआईडी नेपालको साझेदार नेपाल टी कलेक्टिभ टोलीसँग ठमेलमा चिया पिउनुका साथै महिला उद्यमीहरूसँग पनि कुराकानी गरेको दूतावासको भनाइ छ। उनी भोलि (शनिबार) बिहान भारत जाने बताइएको छ।

प्रकाशित: ३२ साउन २०८१ १९:०३ | Friday, August 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast