नीति निर्माणमा भुइँमान्छेलाई प्राथमिकतामा राखिन्छ : मन्त्री भण्डारी

हिमाल प्रेस १४ भदौ २०८१ १६:३३ | Friday, August 30, 2024
नीति निर्माणमा भुइँमान्छेलाई प्राथमिकतामा राखिन्छ : मन्त्री भण्डारी

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सरकारले नीति निर्माण गर्दा भुइँमान्छेको विषयलाई ध्यान दिनुपर्नेमा जोड दिएका छन्। द्विपक्षीय सम्झौता गर्दा नेपालको न्यूनमत मापदण्ड निर्माण गर्ने सम्बन्धमा आयोजना भएको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

मन्त्री भण्डारीले मन्त्रालयको अबको कार्यदिशा रूपान्तरणकारी र उपलब्धीपूर्ण हुने प्रतिबद्धता जनाए। उनले आर्थिक उन्नतिमा प्रत्यक्ष योगदा गरेका श्रमिकको हक हितलाई पनि गन्तव्य मुलुकले ध्यान दिनुपर्नेमा जोड दिए।

उनले भने,‘नेपालमा होस् वा विदेशमा होस्, जहाँ भए पनि नेपालीले न्यूनतम अन्तर्राष्ट्रिय मानव अधिकार प्राप्त गर्न पाउनुपर्छ।’
विभिन्न कानुनी समस्या रहेको बताउँदै मन्त्री भण्डारीले नेपालीले विदेशी भूमिका अनधिकृतरूपमा बसोबास गर्न नहुने जिकिर गरे। सरकारले श्रम स्वीकृतिलाई अभियानको रूपमा अगाडि बढाएको उनको भनाइ छ।

भण्डारीले नेपाली श्रमिकको हक अधिकारका लागि कानुन बाधक भए त्यस्ता कानुनहरू परिमार्जन गर्न मन्त्रालय तयार रहेको बताए।

श्रम मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले वैदेशिक रोजागरीका सबै चरणमा श्रमिकको सम्मान, संरक्षण र मानवअधिकारलाई राज्यले सुनिश्चित गर्न मन्त्रालय सचेत रहेको उल्लेख गरे।

प्रकाशित: १४ भदौ २०८१ १६:३३ | Friday, August 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast