 
                             
                                            काठमाडाैँ- शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तृतीय श्रेणी शिक्षक परीक्षाकाे अनुगमन अब स्वतन्त्र विज्ञबाट हुने बताएकाे छ। आयाेगले परीक्षा अनुगमन कार्य व्यवस्थाको मापदण्डसमेत जारी गरेकाे छ।
आयोगबाट सञ्चालन गरिएका शिक्षक छनोटका प्रतियोगितात्मक परीक्षाको समग्र व्यवस्थापनको काम आयोगबाट, परीक्षा सञ्चालन एवं समन्वयको काम सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइबाट र केही परीक्षा केन्द्रमा सामान्य निरीक्षणको कार्य आयोगका आन्तरिक जनशक्तिबाट सम्पादन हुने गरेकाे छ।
शिक्षक छनोटजस्तो संवेदनशील र दीर्घकालीन महत्त्वको कार्यअन्तर्गतका सम्पूर्ण श्रृङ्खलामा विशिष्ट प्रकारको गुणस्तर र त्रुटिशून्यता कायम गर्न अपरिहार्य भएकाे बताउँदै आयाेगले स्वतन्त्र विज्ञबाट प्रत्येक परीक्षा केन्द्रमा नियमित अनुगमन र निगरानी हुने बताएकाे छ।
साथै अनुगमन प्रतिवेदन सोझै आयोगले प्राप्त गर्ने औपचारिक संयन्त्र स्थापना गर्न वाञ्छनीय भएकाले विज्ञ जनशक्ति परिचालनको प्रबन्ध गर्नु परेको आयाेगले प्रस्ट पारेकाे छ। आयाेगकाे भनाइमा यस्तो कार्य हाल निम्नमाध्यमिक तहको प्रतियोगितात्मक लिखिततर्फको विषयगत परीक्षामासमेत निरन्तर गर्ने व्यवस्था मिलाइएको छ।
परीक्षा अनुगमन कार्य व्यवस्थाकाे मापदण्ड

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
 