नित्याशिवाकाे स्वरमा ‘बाबा आमा मेरो भगवान’

हिमाल प्रेस ५ भदौ २०८१ १२:३४ | Wednesday, August 21, 2024
नित्याशिवाकाे स्वरमा ‘बाबा आमा मेरो भगवान’

काठमाडौँ- नित्याशिवाको स्वरमा ‘बाबा आमा मेरो भगवान’ बोलको गीत सार्वजनिक भएको छ। शंकर अधिकारी घायलको शब्द र विकाश चौधरीको संगीत रहेको गीत गायिका नित्याशिवाको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

विरेन्द्र कोइरालाको प्रस्तुति रहेको गीतमा सन्जय हमालको संगीत संयोजन छ। गीतमार्फत बाआमा भन्दा ठूलो संसारमा कोही हुन्न भन्ने सन्देश दिएको छ।

गोविन्द सोनीले मिक्सिङ तथा मास्टरिङ गरेको गीत ए लेभल स्टुडियोमा रेकर्ड गरिएको छ। गीतकार शंकर अधिकारी घायलले निर्देशन गरेको गीतको भिडियो सन्तोष पराजुलीको छायांकन, मदन न्यौपानेको शृङार र प्रेम शर्मा पौडेलको सम्पादनमा बनेको छ।

भिडियोमा गीतकार घायल, गायिका नित्याशिवासहित मोहन गमाल, चन्द्रबहादुर कटुवाल, माया कटुवाल र बालकलाकार दिपशिका कोइरालाको अभिनय छ।

प्रकाशित: ५ भदौ २०८१ १२:३४ | Wednesday, August 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast