नागरिकता समस्या समाधान गर्न माग गर्दै मुसहर समुदायले बुझाए गृहमन्त्रीलाई ज्ञापनपत्र

हिमाल प्रेस ७ भदौ २०८१ १६:४४ | Friday, August 23, 2024
नागरिकता समस्या समाधान गर्न माग गर्दै मुसहर समुदायले बुझाए गृहमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– गृहमन्त्री रमेश लेखकलाई सिरहाका दलित मुसहर समुदायले नागरिकतासम्बन्धी समस्या समाधानको माग गर्दै ज्ञापनपत्र बुझाएका छन्। लहान नगरपालिकाको सभाकक्षमा आयोजित एक कार्यक्रमबीच ‘सवरी संकल्प समाज’ नामक गैरसरकारी संस्थाका अगुवाले गृहमन्त्री लेखकलाई ज्ञापनपत्र बुझाएका हुन्।

ज्ञापनपत्रमा मुसहर समुदायलाई नेपालका आदिवासी घोषित गर्नुपर्ने, वंशजका आधारमा नेपाली नागरिकता दिनुपर्ने, मुसहर समुदायका भूमिहीन सुकुम्बासीलाई खेतीगोग्य जमिन र घरबासको व्यवस्था गर्नुपर्नेलगायतका पाँच बुँदे माग रहेका छन्।

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री लेखकले मुसहर समुदायको समस्यालाई गम्भीरतापूर्वक अध्ययन गर्ने र समस्या समाधानका लागि पहल गर्ने बताए। उनले भने, ‘तपाईंहरुको समस्याप्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ। यो तपाईंहरुको मात्र नभएर राज्यकै समस्या भएकाले यसको समाधान गर्न उचित कदम चालिने छ।’

अधिकारकर्मी अरुण सदायले ज्ञापनपत्र बुझाउँदै मुसहर समुदाय पछाडि पर्नुमा राज्यको विभेदकारी नीति र अन्यायपूर्ण सामाजिक आर्थिक संरचना नै मुख्य कारक रहेको बताए। साथै उनले दलित समुदायभित्रको अति सीमान्तकृत समुदायको रुपमा रहेको मुसहर जातिको सामाजिक, राजनितिक, आर्थिक, शैक्षिक उत्थान नभएसम्म समृद्ध राष्ट्रको कल्पना गर्न नसकिने बताए।

मधेश प्रदेशमा मुसहर समुदायको संख्या दुई लाख ४७ हजार पाँच सय ५५ रहेको तथ्यांक छ। अधिकांश मुसहर समुदायका नागरिक नागरिकताविहीन छन्।

प्रकाशित: ७ भदौ २०८१ १६:४४ | Friday, August 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast