नदीका विषयमा अदालती अड्चन हटाउन प्रधानमन्त्रीलाई एमाले काठमाडौँको ध्यानाकर्षण पत्र

हिमाल प्रेस १० भदौ २०८१ १०:२३ | Monday, August 26, 2024
नदीका विषयमा अदालती अड्चन हटाउन प्रधानमन्त्रीलाई एमाले काठमाडौँको ध्यानाकर्षण पत्र

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीले ध्यानकर्षण पत्र बुझाएको छ।

एमालेले काठमाडौँ महानगरपालिकाभित्र नदीको दायाँबायाँ छोड्न निर्धारण गरिएको भन्दा अतिरिक्त थप २० मिटर जग्गामा भवन निर्माण गर्न अनुमति नदिने सम्बन्धी सर्वोच्च अदालतको फैसलामा न्यायिक पुनरावलोकनका लागि आग्रह गरेको छ।

उक्त उत्प्रेषणको आदेशका आधारमा गत साउन २४ गतेको महानगरपालिकाका प्रमुुखस्तरीय निर्णयबाट नक्सा अनुमति रोक्काको सूचना प्रकाशन गरिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ एमाले बागमती प्रदेशका इञ्चार्ज राजन भट्टराई, जिल्ला अध्यक्ष दीपक निरौला, महानगरका उपप्रमुख सुनीता डंगोल, पूूर्व प्रमुुख विद्यासुन्दर शाक्यसहितको टोलीले प्रधानमन्त्री ओलीसमक्ष काठमाडौंको स्वास्थ्य, खानेपानी, ढल, सडक, खाद्यान्न, वातावरण एवं सुधार गरिनुपर्ने अन्य क्षेत्रका सन्दर्भमा पनि ध्यानाकर्षण गराएको छ।

जिल्ला कमिटीले मेलम्ची खानेपानी आयोजनाको सहज आपूर्ति नभएको अवस्थामा काठमाडौं क्षेत्र नं ३ स्थित सुन्दरीजलको नागमती ड्याम परियोजनाको बाँकी कामलाई तत्काल अगाडि बढाउन र उपत्यकाको विभिन्न भागमा पुनर्भरणको योजना अगाडि बढाउन माग गरेको छ । यस्तै यहाँका नदीहरुको सौन्दर्यीकरण र फोहोरमैलाको दीर्घकालीन समाधान गर्न पनि माग गरिएको छ।

एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले जनजीवनमा समस्या सम्बोधनका लागि सरकारका तर्फबाट गर्नुपर्ने पहल गर्ने बताउँदै कुनै पनि निकाय र व्यक्तिले व्यवहारिकतालाई ध्यान नदिइ निर्णय गर्न नहुने बताएका थिए।

प्रकाशित: १० भदौ २०८१ १०:२३ | Monday, August 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast