धौलीगंगाको बाँध खोल्दै भारत, महाकालीको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

हिमाल प्रेस १४ भदौ २०८१ १२:०८ | Friday, August 30, 2024
धौलीगंगाको बाँध खोल्दै भारत, महाकालीको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह धौलीगंगा बाँध।

काठमाडौँ- भारतले उत्तराखण्डस्थित पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध पुनः खोल्ने भएको छ। सिल्ट सफाइका लागि बाँध खोल्न लागिएको जनाइएको छ।

शनिबार (भोलि) दिउँसो १२ बजेदेखि आइतबार (पर्सि)सम्म बाँधका ढोका खोलिने भारतीय पक्षले नेपाली प्रशासनलाई जानकारी गराएको छ।

बाँध खोल्दा महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना छ। महाकाली नदीतटीय क्षेत्रका बासिन्दालाई पूर्वसतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको छ।

‘…मिति २०८१।०५।१५ गते दिउँसो १२ः०० बजेदेखि मिति २०८१।०५।१६ गतेसम्म र तत्पश्चात् समेत महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना भएकोले महाकाली नदी किनार तटीय क्षेत्रका बासिन्दाहरूलाई पूर्वसतर्कता अपनाउनु हुन जानकारी गराइन्छ,’ दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जारी गरेको सूचनामा उल्लेख छ।

प्रकाशित: १४ भदौ २०८१ १२:०८ | Friday, August 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast