धरहरा छिटै खुला हुन्छ : उपप्रधानमन्त्री सिंह

हिमाल प्रेस ५ भदौ २०८१ १६:२० | Wednesday, August 21, 2024
धरहरा छिटै खुला हुन्छ : उपप्रधानमन्त्री सिंह प्रकाशमान सिंह

काठमाडौँ- उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले आम सर्वसाधारणका लागि छिटै धरहरा खुला गर्ने गरि तयारी गरिररहेको बताएका छन्। बुधबार सिंहदरबारस्थित मन्त्रालयमा पूर्वाधार पत्रकारहरूको धरहरासम्बनिध जिज्ञासामा उपप्रधानमन्त्री सिंहले सरकारको सय दिनभित्रै धरहरा चढ्न मिल्ने गरि बन्दोबस्ती मिलाउन लागिएको बताएका हुन्।

उपप्रधानमन्त्री सिंहले धरहराको सबै काम नसकिए पनि धरहरा चढ्न चाहनेहरूका लागि आवश्यक बन्दोबस्त भने छिटै हुने बताए। ‘धरहरा चढ्न चाहनेहरूका लागि सरकारले एक सय दिनभित्रै केही व्यवस्था गर्न लागिरहेको छ। धरहराको सबै होइन केही भाग खुला गर्नका लागि हामी लागिरहेका छौं,’ उपप्रधानमन्त्री सिंहले भने।

त्यस्तै नयाँ शहरका सम्बन्धमा पत्रकारहरूको जिज्ञासामा उपप्रधानमन्त्री सिंहले उहाँले यसअघि सरकार अस्थिर हुँदा प्रक्रियामा ढिलाइ भएको भन्दै अहिले संसद्कै दुई ठूला दल मिलेर सरकार बनेकाले नयाँ शहरहरूलाई पनि सुरक्षित र व्यवस्थित गर्दै लैजाने प्रक्रियाले अब गति लिने बताए।

काठमाडौँ उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि पनि मन्त्रालयले स्थानीय तहसँग आवश्यक छलफल गरिररहेको उनले बताए। सरकारले अहिले नीति निर्माणमा बढी जोड दिइरहेको उपप्रधानमन्त्री सिंहको भनाइ थियो।

प्रकाशित: ५ भदौ २०८१ १६:२० | Wednesday, August 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast